×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाईफ इन्स्योरेन्सका बिमितहरुले अब सबै कारोबार अनलाईनबाट गर्न सक्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सानिमा लाईफ इन्स्योरेन्सका बिमितहरुले अब सबै कारोबार अनलाईनबाट गर्न सक्ने

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग आवद्ध भएको छ । कम्पनीले आफ्ना भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी उक्त संस्थासँग आवद्ध भएको हो ।
सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु रियल-टाइम तथा नन-रियलटाइममा आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । 
साथै सानिमा लाइफका बीमितहरुले आफ्नो बीमा (प्रिमियम) शुल्कको अनलाईन भुक्तानी कनेक्ट आईपीएसको वेब, मोबाईल एप तथा सदस्य बैंक वित्तिय संस्थाहरुको शाखाबाट गर्दै नै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: