×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेस्रो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफामा १८.६५% को गिरावट, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

GLOBAL IME BANK

तेस्रो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफामा १८.६५% को गिरावट, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंकले ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको तुलनामा १८.६५% कम हो । गत वर्ष सोही अवधिमा ५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४.५५% र १७.९४% ले घटेको छ । 
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्म ४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेकोछ भने ३ अर्ब ८६ करोड कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा ९ करोड २१ लाख रुपैयाँ रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: