Skip to content
LAXMI SUNRISE BANK

अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश, भ्रष्टाचारीहरु खुशीले गदगद् !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घुस लिनेलाई पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । आज बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।
आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यता अदालतले यस्तो फैसला गरेसंगै भ्रष्टाचारीहरु खुशीले गदगद् भएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK