
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्ट लि. ले आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै अब उक्त क्षेत्रमा १५ बेड क्षमतासहितको अस्पताल निर्माण गर्ने निर्णय गर्दै सुनवल नगरपालिकालाई प्रतिबद्धता–पत्र प्रदान गरेको छ । सुनवलमा भएको एक कार्यक्रममा करीब ४ करोडको लागतमा सम्पन्न हुने उक्त अस्पताल निर्माणको प्रतिबद्धता–पत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका हातबाट सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीले ग्रहण गरेका थिए । सो कार्यक्रममा लुम्बीनी प्रदेशका मुख्य मन्त्री माननीय शंकर पोखरेलज्यू समेत प्रमुख अतिथिका रुपमा प्रस्तुत थिए ।
यसका साथै सोही कार्यत्रममा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको छ । उक्त अत्यधुनिक कक्षमा २५ बेड सहित ३ वटा आई.सि.यू. तथा २ भेन्टिलेटर समेतको सुविधा रहेको छ भने सो २ तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ ।
सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।
यसैगरी, आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टले अब आप्mनो उद्योेगको उत्पादन क्षमता ४०,००० बोरा प्रति दिन बाट बढाई ६०,००० बोरा बनाएको छ । साथै देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्