×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो बजारमा खुल्यो ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार, कतिमा भयो पहिलो कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

दोस्रो बजारमा खुल्यो ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार, कतिमा भयो पहिलो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आजदेखि ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीको पहिलो कारोबार ३६० रुपैयाँमा भएको छ । बुधबार नेप्सेको प्रि ओपन सेसनमा कम्पनीको सेयरको प्रतिकित्ता ३६० रुपैयाँबाट कारोबार खुलेको हो । कम्पनीको JLI सिम्बलबाट कारोबार सुरु भएको हो । प्रि ओपनमा कम्पनीको ९० कित्ता शेयर कारोबार भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १२०.२९ देखि ३६०.८७ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । रेन्जको अधिकतम बिन्दु बाटनै कारोबार खुलेको हो । ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीको सेयर मंगलबार सुचिकृत भएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: