Skip to content
LAXMI SUNRISE BANK

नक्कली बैना कागज तयार गरी ५० लाख ठगी गर्ने एक जना पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नक्कली बैना कागज तयार गरी ५० लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।
उनले नागार्जुन नगरपालिका-६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट फेला पारी पक्राउ गरेको हो । महाशाखा उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको जनाएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK