
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मा खुद नाफातर्फ उत्साहजनक वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा खुद नाफातर्फ ५६.६६ प्रतिशतको बढोत्तरी गरेको हो । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सांग्रीलाको खुद नाफा २२ करोड ४४ लाखमा सीमित रहेकोमा सो बढेर यो वर्ष ३५ करोड १६ लाखको उचाईमा पुगेको हो ।
समीक्षा अवधिका लागि सांग्रीलाको वितरणयोग्य नाफा २४ करोड २८ लाखभन्दा बढी रहेको छ भने संचालन नाफातर्फ पनि बैंकले राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३२ करोड ३१ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ४७ करोड माथि पुगेको हो । कोभिड प्रभावकैबीच पनि बैंकले व्यवसाय विस्तारमा ध्यान दिएका कारण खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८२ करोड १३ लाख रहेको खूद ब्याज आम्दानी केही बढी यो वर्ष ८४ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले रिटेन अर्निङतर्फ १५३.७३ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १५ करोड ३४ लाखमा सीमित भएकोमा यो वर्ष बढेर ३८ करोड ९४ लाख माथिको उचाई चुमेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा परिचालनतर्फ पनि उल्लेख्य प्रगति गरेको देखिएको छ । बैंकले यो अवधिमा ४१ अर्ब ९४ करोड बढी निक्षेप संकलन गरी ३५ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २९ अर्ब २५ करोड निक्षेप संकलन गरी २३ अर्ब ८६ करोड कर्जा परिचालन गरेको थियो । यसरी हेर्दा बैंकले निक्षेप करिब ४३.४० प्रतिशतले र कर्जा करिब ४७ प्रतिशतले बढाएको देखिन्छ ।
खुद नाफा उत्साहजनक ढंगले बढाएको बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा सांग्रीलाको इपीएस ५६.७० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.८९ प्रतिशत, कस्ट अफ फण्ड ६.२७ प्रतिशत, सीडी रेसियो ७७.५४ प्रतिशत, बेस रेट ८.४६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३९.९५ रुपैयाँ, पीई अनुपात १३.१८ गुणा, क्यापिटल एडेक्वेसी रेसियो ११.७२ प्रतिशत तथा लिक्वीडीटी रेसियो २५.१० प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्