×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकले ७ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

PRIME CA

सांग्रिला डेभलपमेन्ट बैंकले ७ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चेर-२०८७’ नामक १० वर्षे ऋणपत्र निष्कासन गर्ने भएको हो । उक्त ऋणपत्र निष्कासन गर्नको लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ ।
बैंकले वैशाख ६ गते ७५ करोडको ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । कुल इकाइमध्ये ४ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ३ लाख इकाइ ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले यो ऋणपत्रमा लगानीकर्ताहरुलाई वार्षिक ९ प्रतिशत ब्याज दिने भएको छ भने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा गर्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: