×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले ७ लाख ५० हजार युनिट डिबेञ्चर निष्कासन गर्ने, नेपाल धितोपत्र बोर्डबाट पायो अनुमति

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० वर्ष अवधिको ७५ करोड ऋणपूँजी रकम बराबरको ऋणपत्र ‘सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७’ लाई इकाई निष्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ । यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रति डिबेञ्चर १ हजार अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिबेञ्चर निष्कासनको तयारी गरेको छ ।
उक्त ७५ करोड बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ४५ करोड बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ३० करोड बराबरको ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । यस्तै ५ प्रतिशत अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ । ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाउनेछ ।
बैंकको ऋणपत्र निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने डिबेन्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिबेन्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ । बैंकले हालसम्म मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएमबाट आफ्नो गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: