×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबार १७.२० अंकले उकालो लाग्यो सेयर बजार, ७ अर्ब ५० करोडमाथिको कारोबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन नेप्से बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १७.२० अंकले बढेर २६९१.५५ बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको १ करोड ३६ लाख३२ हजार ८०० कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ५० करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ ।
यस कम्पनीको २५ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नबिल बैंक र निफ्राको भएको छ । आज ६ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै एनआइसी एसिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने साञ्जेन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: