
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले राजधानी कलेजमा एमबिएमा अध्ययनरत विद्यार्थीहरुको लागि सेयर बजार सम्बन्धी १ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम २१ गते सम्पन्न भएको थियो । सो वर्कसप तथा तालिम कार्यक्रममा कलेजका एमबिएमा अध्ययनरत करिब ३० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयर बजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सो वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेका थिए ।
यसैगरी चैत्र २१ गते शनिबार नै इटहरी जेसिजको आयोजना तथा प्रभु क्यापिटल लिमिटेडको सहआयोजनामा इटहरीमा १ दिने सेयर बजार सम्बन्धी आधारभुत तालिम कार्यक्रम सम्पन्न गरेको छ । इटहरीस्थित दुर्गा पार्टि प्यालेसको तालिम हलमा सञ्चालित तालिम कार्यक्रममा १५० भन्दा धेरै सहभागीहरुको सहभागिता रहेको थियो ।सेयर बजार सम्बन्धी आधारभुत कुराहरु, प्राथमिक तथा दोश्रो बजार, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा हुने प्रतिफलको फाइदा, आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण सम्बन्धी विषयहरु समेटेर तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्