- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिप प्रकाश पाण्डेको मुद्दामा सर्वोच्च अदालतले अन्तरीम आदेश दिन अस्विकार गरेको छ । सीइओ पाण्डेको नियुक्ती बदर गरिपाउँ भनि दायर गरिएको मुद्दामा सर्वोच्च अदालतले अन्तरीम आदेशदिन अस्विकार गरेको हो ।
सोमवार सर्वोच्च अदालतलले अन्तरीम आदेश दिन अस्विकार गर्दै पाण्डेलाई काम गर्ने बाटो खोलिदिएको हो । पाण्डेको मुद्दा भने सर्वोच्च अदालतमा बिचाराधीन रहेको छ । सर्वोच्च अदालतको सोमवारको फैसलाले दिप प्रकाश पाण्डेलाई सर्वोच्च अदालतको अन्तिम फैसला नआउदा सम्म सीइओको रुपमा काम गर्ने बाटो खुलेको हो । तसर्थ यो मुद्दाको अन्तिम फैसला भने आउन बाँकी छ ।