×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्स कम्पनीले एसएसली उत्तीर्णलाई अभिकर्ता बन्ने अवसर दिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शिखर इन्स्योरेन्स कम्पनीले एसएसली उत्तीर्णलाई अभिकर्ता बन्ने अवसर दिने

१६ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निर्जीवन बीमा क्षेत्रकै अग्रणी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै यही बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन दिन भनेको छ । 
उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । शिखर इन्स्योरेन्सले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता अवसरहरु प्रदान गर्दै आइरहेको छ । यसपटकका लागि खुलाइएको अभिकर्ताका लगि आवेदन दिने अन्तिम मिति बैशाख १७ गते साँझ ५ बजेसम्म रहेको छ । अभिकर्ता बन्न चाहानेले [email protected] मार्फत अनलाइन आवेदन समेत दिनसक्ने कम्पनीले व्यवस्था मिलाएको छ ।
कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि जुममार्फत अभिकर्ता तालिम दिन लागेको हो । यस्तो तालिम हरेक बिहान ७ बजेदेखि १० बजे र दिउँसो ११ बजेदेखि २ बजे गरी दुई सिफ्टमा संचालन गरिनेछ । यससम्बन्धी विस्तृत जानकारी कम्पनीको अफिसियल वेबसाइट www.shikharinsurance.com बाट पनि लिन सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: