×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेस्रो त्रैमासमा सिद्धार्थ बैंक लिमिटेडले कमायो २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा, वितरणयोग्य नाफा कति ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तेस्रो त्रैमासमा सिद्धार्थ बैंक लिमिटेडले कमायो २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा, वितरणयोग्य नाफा कति ? (विवरणसहित)

Artha Sarokar

१४ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा ५४.१२% ले बढाएर २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ८३ करोड १४ लाख रुपैयाँ रहेको छ । यस्तै खुद ब्याज आम्दानी ६.०२% ले घटेको छ भने सञ्चालन नाफा ५०.७५% ले बढेको छ । 
निक्षेप संकलन ३२.१९% र कर्जा लगानी २३.०४% ले बढाउन सफल वित्तीय विवरणमा उल्लेख भएको छ ।बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८९ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी