×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको सामाजिक कार्य : विद्यालय भवन पुननिर्माण गर्न हेल्प नेटवर्कलाई ५ लाख रुपैयाँ सहयोग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकको सामाजिक कार्य : विद्यालय भवन पुननिर्माण गर्न हेल्प नेटवर्कलाई ५ लाख रुपैयाँ सहयोग

Artha Sarokar

२४ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यालय भवन पुननिर्माणमा सहयोग गरेको छ । बैंकले दोलखा जिल्लास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि हेल्प नेपाल नेटवर्कलाई ५ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त सहयोग रकम सोमबार बैंकको लाजिम्पाट अपिसकी हेड अफ सर्कल अफिस निमा नेपालले हेल्प नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गरेकी हुन् ।
बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणमा खर्च गर्नेछ । हेल्प नेटवर्क दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको गैर सरकारी संस्था हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी