
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिराहाको लाहन नगरपालिका १३ गढिया चोकस्थिर अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्मालाई लुटेराहरुको समुहलेचैत्र २८ गते शनिवार गोली हानी हत्या गरी पसलमा रहेको सुनचाँदी र नगद लुटेको घट्नाप्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको गंभीर ध्यानाकर्षण भएको छ ।
यस घट्नाको घोर भत्सना गर्दै अपराधीलाई अविलम्व कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न र क्षतिपूर्ति सहित लुटिएको धनमाल फिर्ता गराई पीडितलाई न्याय दिलाउन महासंघ सम्बन्धित निकायसंग जोडदार माग गर्दछ । साथै लुटेराहरुको आक्रमणबाट सख्त घाइते हुनु भएकी श्रीमती अमिता विश्वकर्माको स्वास्थ्योपचारको अविलम्व उचित व्यवस्था गर्न पनि नेपाल सरकारसमक्ष महासंघले माग गरेको छ ।
यस्तै महासंघले विज्ञप्तिमा ‘व्यस्त बजारमा गोली हानी व्यवसायीको हत्या हुनु र अपराधीहरु लुटपाट गरी भाग्न सफल हुनु जस्ता घट्नाले शान्ति सुरक्षा कमजोर रहेको स्पष्ट हुन्छ, शान्ति सुरक्षाको कमी कै कारणले आभुषण व्यवसाय जोखिमपूर्ण बन्दै गएको अवस्थामा यस घट्नाले मुलुकभरका गहना व्यवसायीहरु आतंकित र थप त्रसित हुन पुगेका छन् । तसर्थ शान्ति सुरक्षालाई थप प्रभावकारी तुल्याई व्यवसायीहरुको मनोवल बढ्ने अवस्थाको सिर्जना गर्न र यस्ता आपराधिक समुह र तिनीहरुका क्रियाकलाप माथि कडा नियन्त्रण गर्न नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’ उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्