×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुदूरपश्चिम प्रदेश: लकडाउन आदेश जारी जिल्लाका लागि यस्तो छ बैंकर्स संघको नयाँ कार्यतालिका !

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चि ब्युरो
धनगढी । नेपाल बैंकर्स संघ सुदूरपश्चिम प्रदेश इकाई समितीले संक्रमणकालिन अवस्थालाई मध्यनजर गर्दै बैंकिङ्ग सेवा प्रवाहको नयाँ तालिका सार्वजनिक गरेको छ । संक्रमणकाबीचमा लकडाउन आदेश गरिएका जिल्लाहरुमा लागु हुने गरी कार्य सञ्चालनको नयाँ सुचना जारी गरेको हो ।
बुधबार बसेको समितीको बैठकले लकडाउन जारी हुने जिल्लाहरुमा लागु हुने गरी उक्त निर्णय गरेको नेपाल बैंकर्स संघ सुदूरपश्चिम प्रदेश इकाई समितीका संयोजक बिरुराम जैशीले बताए । उनले भने, ‘कोरोना संक्रमणका कारण सम्पुर्ण विश्व आतंकित बनेका बेला हामीले पनि सुरक्षित र संयमित हुनुपर्ने बेला भएको छ ।’ 
अहिलेका लागि लकडाउनको आदेश जारी गरिएका कैलाली र कञ्चनपुरमा बैंकिङ्ग सेवा बिहान १० बजेदेखी दिउँसो १ बजेसम्म सञ्चालन हुने संयोजक बिरुराम जैशीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । यस्तो छ सूचनाः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: