
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७,००० भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क रु १०० मा गुणस्तरीय शिक्षा दिंदै आएको समता शैक्षिक गुठीलाई रु ३ लाख सहयोग गरेको छ । बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई रु ५०,००० का दरले हुने गरी कुल रु ३,००,००० सहयोग गरेको हो । गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागी खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ ।
बुधबार एक कार्यक्रमका बिच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दिपक संजेललाई रु ३,००,००० को चेक हस्तान्तरण गर्नु हुदैं गुठीले गरेको कामको प्रशंसा गरेका थिए । यस्तै दिपक संजेलले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको समता शैक्षिक गुठीलाई सहयोग गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता र आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बिकास गर्दै जाने जनाए ।
सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्ग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्यलाई निरन्तरता दिंदै जाने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्