Skip to content
LAXMI SUNRISE BANK

ताप्लेजुङको फक्ताङलुङमा सनराइज बैंकको ७४औँ शाखारहित बैंकिङ सेवा, १६१ स्थानमा पुग्यो एटिएम सेवा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
ताप्लेजुङ । सनराइज बैंकले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ सिवामा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७४ पुगेको छ। बैंकले शाखारहित बैंकिङ सेवाको व्यवसाय प्रतिनिधिका रुपमा पदमबहादुर बुढाथोकीलाई नियुक्त गरेको छ । 
शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने तथा निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ। हालसम्म बैंकले १३९ वटा शाखा, ७४ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK