×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेटाैँडाकाे तरकारी बजारमा सनराइज बैंककाे क्युआर कोड सेवा, ग्राहक र व्यापारीलाई थप सहज !

अर्थ सरोकार

प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार

PRIME CA

हेटाैँडाकाे तरकारी बजारमा सनराइज बैंककाे क्युआर कोड सेवा, ग्राहक र व्यापारीलाई थप सहज !

  • अर्थ सरोकार सम्बाददाता 
हेटाैँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैंक हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वाग्मती प्रदेश राजधानी हेटौँडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो । क्युआर सेवा १० वटा तरकारी पसलमा सुरुवात गरिएको छ । यसको विस्तार खोपेगल्ली हुँदै हेटौँडा– १० स्थित सब्जीमण्डीमा पनि गरिने जनाइएको छ ।
सो बैंकले नगद कारोवारको विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आइरहेको शाखा प्रबन्धक सुदर्शन खतिवडाले जानकारी दिए । यस क्युआर प्रणालीअन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने/चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदा रहेको उनको दाबी छ ।
कोरोना महामारीको अवस्थामा यस्तो सेवा झन प्रभावकारी रहने उपभोक्ताले प्रतिक्रिया दिएका छन् । हेटाैँडा बजारलाई डिजिटल प्रणालीमा लैजान क्युआर सेवा राम्रो रहने हुँदा सबै व्यवसाय क्षेत्रमा यसको विस्तार गर्न आग्रह गरिएको छ । पहिलो चरणको कोरोना कहरमा खोपेगल्ली दुवै सडक सञ्जालमा सिल गरेको अवस्था थियो । त्यस्तो अवस्था नआउनका लागि सुरक्षित रहन डिजिटल बैंकिङ सेवा लिन र दिन सबैलाई अनुरोध गरिएको छ ।
यस प्रणाली नगदरहित कारोवारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त रहेको छ र डिजिटल भुक्तानीमा विश्वसनीयता बढाउन र नगदरहित कारोवारलाई थप प्रोत्साहन गर्न बैंकले डिजिटल कारोवारसम्बन्धी सचेतना कार्यक्रमसमेत गर्दै आइरहेको प्रबन्धक खतिवडाले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: