×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ह्वात्तै बढ्यो तरकारीको मूल्य, उपभोक्ता परे मारमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो समय तरकारीको मूल्य ह्वात्तै बढेको छ । उत्पादन घट्दा बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको हो । तरकारीसँगै थुप्रै वस्तुको भाउ उकालो लागेको छ । खाने तेल, फलफुल, गेडागुडी, मासुलगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएको छ । तरकारीको मूल्य थोकमै १८९ प्रतिशतसम्म बढेको पाइएको छ भने फलफूलको मूल्य ४१ प्रतिशतसम्मले वृद्धि भएको छ ।
यता खाने तेल, केराउ र कुखुराको मासुको मूल्य पनि अकासिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बन्दा र मटरकोसाको मूल्य पनि होलसेलमै शतप्रतिशतले बढेको पाइएको छ । गत चैतमा कालीमाटी फलफूल तथा तरकारी बजारमा लोकल घिउसिमी थोकमा प्रतिकेजी औसत ४५ रुपैयाँ थियो तर वैशाखमा त्यसको भाउ १ सय ४० रुपैयाँ पुगेको छ । 
यस्तै एक महिनाको अवधिमा हरियो अंगुरको मूल्य ४१ प्रतिशतले बढेर १ सय ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ । अंगुर कालो ३८ प्रतिशतले बढेर २ सय ९० रुपैयाँ पुगेको छ । सुन्तलाको मूल्य २६ प्रतिशतले बढेर १ सय ९५, स्याउको ३ प्रतिशतले बढेर १ सय ९५ पुगेको छ । गत जेठमा प्रतिलिटर १ सय ५५ रुपैयाँ रहेको भटमास तेल २ सय २० र १ सय ६० रुपैयाँ रहेको सनफ्लावर २ सय २५ रुपैयाँ पुगेको छ । 
यस्तै सानो केराउ प्रतिकिलो ३० रुपैयाँ बढेर १ सय ७० र सेतो केराउ २० रुपैयाँ बढेर किलोको १ सय रुपैयाँ पुगेको छ । बजारमा अधिकाशं वस्तुको मुल्य बढ्दा आम उपभोक्ता भने मारमा पारेका छन् । विशेषगरी बिचौलियाहरूको चलखेलले महँगीको मार उपभोक्ता परेको हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: