×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर व्यवस्थापन सहजीकरणका लागि तनहुँको व्यास नगरपालिकामा वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा समिति गठन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कर व्यवस्थापन सहजीकरणका लागि तनहुँको व्यास नगरपालिकामा वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा समिति गठन

Artha Sarokar

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यवसायको कर व्यवस्थापनका लागि समिति गठन गरेको छ । आइतबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगरक्षेत्रभित्र व्यवसायको कर व्यवस्थापन सहजीकरणका लागि व्यास –२ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा व्यास–१ का वडाध्यक्ष खरसिं दरै, ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, ४ का वडाध्यक्ष विश्व न्यौपाने, कार्यकारिणी सदस्य कल्पना पोख्रेल, दमौली बजार इकाई प्रतिनिधि रहनुभएको छ भने सदस्य सचिवमा राजश्व शाखाका अर्जुन श्रेष्ठ तोकिनुभएको छ ।
नगरपालिकाको गत चैत ३० गते आयोजना गर्न लागिएको स्थापना दिवसको सन्दर्भमा आमन्त्रण, प्रकाशनको र व्यवस्थापन तयारीमा भएको प्रगतिबारे समिक्षा गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थापना दिवसमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहनेछ । 
बैठकले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क सङ्कलन गर्ने कार्यमा खटिएका तथ्याङ्क सङ्कलकहरुलाई धन्यवाद ज्ञापन गर्ने र वडागत सङ्कलित फारम नगरपालिकामा जम्मा गरी आयोगमा प्रवृष्ट गर्न चार जना कर्मचारीलाई कामको अवधिभर काममा लगाउने निर्णय गरेको छ । यसैगरी स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको अधिकार भित्र रही व्यास नगरपालिका भित्र सञ्चालित घरेलु इट्टा उद्योग सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ पारित भएको नगरपालिकाले जनाएको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी