
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा बढेको छ । बैंकले ५८ करोड ६१ लाख रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । जुन गत वर्षको तुलनामा यो नाफा १७२% ले बढी हो । गत वर्ष बैंकले २१ करोड ५४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
वित्तीय विवरण अनुसार बैंकले ३९ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २५.७३% र ९५.०८% ले बढेको छ ।
हाल यसको चुक्ता पूँजी २ अर्ब ६५ करोड १९ लाख ९५ हजार रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषमा ७७ करोड ६८ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी बढेर २९ रुपैयाँ ४७ पैसा, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्