×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्षको अन्तिम दिन नेप्सेले बनायो नयाँ रेकर्ड, एनआइसी एसिया लघुवित्तसहितका ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

वर्षको अन्तिम दिन नेप्सेले बनायो नयाँ रेकर्ड, एनआइसी एसिया लघुवित्तसहितका ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार अर्थात् २०७७ सालको अन्तिम दिन नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ बिन्दुमा कायम भएको छ । जुन हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०९ कम्पनीको १ करोड ४६ लाख ८८ हजार ३४३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १४ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ ।
यस बैंकको २८ करोड ६२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल बैंक लिमिटेड र एनआइसी एसिया बैंकको भएको छ । आज ६ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै एनआइसी एसिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । एनआइसी एसिया लघुवित्तसहितका ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: