
एजेन्सी । आयरल्याण्डका एक जना १३ वर्षीय बालकको हवाइ यात्राका दौरान एउटा दुर्घटना भएको थियो । उक्त घटनालाई लिएर उनको आमाले एअरलाइन्समाथि मुद्दा दायर गरेकी थिइन् । ४ वर्षपछि अदालतले उनलाई क्षतिपूर्ति बापत ठूलो धनराशी प्रदान गर्न आदेश दिएको छ । आयरल्याण्डका ती १३ वर्षीय बालक एमरे कराक्या हवाई जहाजबाट डब्लिनबाट इस्तानबुल जाने क्रममा उक्त दूर्घटना घटेको थियो ।
उनको खुट्टामा क्याबिन क्रुको एक सदस्यले उम्लिरहेको चिया खसालेकी थिइन् । लामो उपचारपछि पनि उनको खुट्टामा दाग बसेको थियो । चार वर्ष अघिको उक्त घटनामा एमरे एकदमै डराएका थिए । उनको आमाले टर्किश एयरलाइन्समाथि मुद्दा दायर गरिन् । आमाका अनुसार दुर्घटनापछि उनको छोराले ठुलो शारीरिक तथा मानसिक कष्ट भोग्नुपर्यो । उनले अदालतलाई एमरेको खुट्टा चियाले एकदमै नराम्रो पोलेको तथा घाउ ठीक हुन चार हप्ताको समय लागेको बताइन् ।
उपचारपछि पनि उनको खुट्टामा दाग नगएको उनको भनाइ छ । एमरेकी आमाका अनुसार उनको छोराको अवस्था यति गम्भिर थियो कि उपचारका लागि प्लास्टिक तथा ‘रिकन्स्ट्रक्टिभ सर्जन’ कहाँ लिएर जानु परेको थियो । यस मुद्दामा फैसला सुनाउँदै न्यायधीशले टर्किश एयरलाइंसलाई ५६ हजार पाउण्ड (झण्डै एक करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्