×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उदयपुर र सप्तरीमा आगलागी हुँदा २१ लाख बराबरको क्षति

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

उदयपुर र सप्तरीमा आगलागी हुँदा २१ लाख बराबरको क्षति

  • अर्थ सरोकार सम्बाददाता 
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ दुवै जलेर नष्ट भएको छ । घरगोठ दुवै नष्ट हुँदा घरमा रहेका लत्ताकपडा अन्नपात, नगद रु २५ हजारसमेत जलेर रु १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले बताए । आइतबार बेलुकी तामाङको घरगोठमा आगलागी भएपछि प्रहरीचौकी ताप्ली रुपाटरका प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ ।
यस्तै सप्तरीको तिलाठी कोइलारी गाउँपालिकामा गए राति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ६ निवासी सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताए । कुन कारणले कसरी आगलागी भएको खुल्न नसकेको बताइएको छ । सो घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसमान गरी करिब रु छ लाख बराबरको समान नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो स्थानीयवासी, प्रहरी र हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रमा लिएको थियो । यस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घर अगाडि जम्मा गरिएको गहुँ बाली जलेर नष्ट भएको छ । करिब दुई बिघा जमिनमा लगाइएको गहुँ बाली नष्ट भएको स्थानीयवासी शैलेश यादवले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: