×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

उपत्यकाको सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको छुटै टोली परिचालन (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उपत्यकाको सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको छुटै टोली परिचालन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक कार्यक्रम गरी उपत्यकाको सडक व्यवस्थापनका लागि करिडोर सडक व्यवस्थापन टोली (सिएमटी) परिचालन गर्ने बताएको हो । करिडोरलाई चौबिस खण्डमा बिभाजित गरि कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरि परिचालन गरिने भएको छ । टोलीको पहिचानको लागी ट्राफिक प्रहरी सीएमटी लेखिएको ज्याकेट लगाएर १५ वटा मोटरसाइकलबाट ३० जनाले नियमित अनुगमन गर्नेछन् ।
मुख्य कोरिडोरहरु विष्णुमती, वाग्मती, धोविखोला र मनोहरा करिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागू गर्न सो टोली परिचालन गरिएको साथै कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अब्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै टोली परिचालन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताउनुभयो ।
उक्त टोलीले सवारी चालकहरुलाई आफ्नो गन्तब्यसम्म पुग्नका लागी छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहित गर्ने समेत जनाइएको छ । मुख्य सडकको चोक, जक्सनको क्यूमा बस्नुपर्ने बिकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरि समय तथा इन्धनको समेत वचत हुने अपेक्षा ट्राफिक प्रहरीले गरेको छ । महाशाखाले बुधबार आर्थिक प्रलोभनमा नपरी इमानदार भएर काम गरेका भन्दै ३६ जना ट्राफिक प्रहरीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: