×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

“खुकुरी नेपाल सुपर लिग २०२१” को प्रत्यक्ष प्रसारणमा जोडियो वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

“खुकुरी नेपाल सुपर लिग २०२१” को प्रत्यक्ष प्रसारणमा जोडियो वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड “खुकुरी नेपाल सुपर लिग २०२१” को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी द्धारा संचालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेकोछ । एपीवानले खुकुरी नेपाल सुपर लिगका म्याचहरू २१ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ । लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरुबीच २५ वटा म्याचहरु खेलिनेछन् ।
वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका निर्देशक मनोज अग्रवाल भन्नुहुन्छ “फुटबल नेपालको एउटा लोकप्रिय खेल हो र एपीवान टेलिभिजन मार्फत प्रसारण हुने यो उत्साहजनक फुटबल लिगमा जोडिन पाउँदा हामी निकै खुशी भएका छौं । यो टुर्नामेन्टले नेपालका उदायीमान युवा फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनेछ, जसलाई लाखौं दर्शकहरूले हेर्नेछन । वल्र्डलिंक सधैं आफ्ना प्रिय ग्राहक महानुभावहरूको जीवनलाई उल्लासमय बनाउने मौकाको खोजीमा हुन्छ । नेपाली जनतालाई उत्साहित बनाउन र मनोरञ्जन दिन यो टुर्नामेन्ट पनि त्यस्तै एउटा भव्य अवसर भएको छ ।”
खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुने भए पनि दर्शकहरू चाहिं त्यहाँ हुनेछैनन् । कोरोना महामारीको यो वेला एपीवान टेलिभिजनले दर्शकहरूका लागि फुटबल खेलको मनोरन्जन घरघरमै पु¥याइरहेकोछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: