×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवसायीको कडा चेतावनी – ‘हवाई बन्द नभए यातायात पनि बन्द गर्दैनौँ’

PRIME CA
GLOBAL IME BANK

यातायात व्यवसायीको कडा चेतावनी – ‘हवाई बन्द नभए यातायात पनि बन्द गर्दैनौँ’

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर निषेधाज्ञा लगाउने निर्णय गरेका छन् । आज सोमबार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अत्यावश्यकबाहेकका सेवा बन्द गरेर १६ गते राति १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको हुन् । 
उक्त बैठकले सार्वजनिक विमानलाई सुचारु हुन दिने र यातायात सेवालाई बन्द गरेर निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको छ । यता यातायात व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा दोहोरो नीति देखिएपछि यातायात व्यवसायीले असन्तुष्टि जनाएका हुन् । 
सवारीसाधनलाई रोक्दै विमान चलाएर महामारी नरोकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘हाम्रो व्यवसायलाई विभेद गरियो, विमानलाई संचालनको अनुमति दिने तर हामीलाई बन्द गर्न सिफारिस गर्ने यसरी कसरी कोरोना रोकिन्छ ? ‘उनले भने । सरकारले दोहोरो खालको निर्णय लिएमा आफूहरुले सरकारी निर्णयको अवज्ञा गर्ने पनि उनले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: