×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ बजे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

४ बजे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री

Artha Sarokar

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज शनिबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने भएका हुन् ।
अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न ४ बजे सार्वजनिक हुने भएको हो । बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।
सरकारले झन्डै १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी