×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २४४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा, झन्डै ६ सयलाई यस्तो कारवाही गरियो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २४४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा, झन्डै ६ सयलाई यस्तो कारवाही गरियो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं  । प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २४४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामाउक्त सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ५ सय ४८ वटा गाडी र १ हजार ६ सय ९६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारीसाधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार २ सय जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय ९७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम ६१ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ । 
यस्तै ३ हजार ७ सय ८२ जनालाई  सम्झाईबुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ९४ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ७ सय ६४ जनालाई सचेत गराइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: