×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिडिओको अनुगमनपछि उपत्यकामा भिडभाड घट्दै, यस्तो देखियो निषेधाज्ञाको २०औँ दिनको माहोल (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिडिओको अनुगमनपछि उपत्यकामा भिडभाड घट्दै, यस्तो देखियो निषेधाज्ञाको २०औँ दिनको माहोल (भिडियो रिपोर्ट)

४ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । निषेधाज्ञाको २०औँ दिन आज मंगलबार काठमाण्डौ उपत्यकाका तीनै जिल्लाहरुमा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालन भएका छन् । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवाका , खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारीसाधन निर्वाध सञ्चालन भएका छन् । फाट्फुट् बिना सवारी पास सवारी लिएर सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको छ । 
अनुमति विना हिडडुल गरेर प्रहरीको होल्डिङ सेन्टरमा रहेकाहरु पनि मंगलबार तुलनात्मक रुपमा न्यून नै छन् । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नेतृत्वको अनुगमन टोलीको सक्रियता बढेसंगै विना अनुमति सवारी साधन लिएर बारिह निस्कनेहरुमा कमि आएको हो । त्यसैगरी निषेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेपछि पनि निषेधाज्ञाको पालना गर्ने क्रम बढेको हो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: