Skip to content
LAXMI SUNRISE BANK

देशभर कोरोनाको जोखिम बढ्यो, ५२ जिल्लामा निषेधाज्ञा जारी (सूचीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढेपछि ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । आज बिहानसम्ममा ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । बाँकी जिल्लामा निषेधाज्ञाका क्रममा सवारीमा जोर–बिजोर प्रणाली कायम गरिएको छ । पछिल्लो समय ठुलो संख्यामा कोरोना संक्रमण पुष्टी भैरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढेको छ । संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै काठमाडौंसहित ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।
बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु,तनहुँ,बारा,सिरहा र नवलपरासी पश्चिममा निषेधाज्ञा जारी गरिएको छ ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK