×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशीने र भित्रिनेको संख्या ह्वात्तै बढेपछि यस्तो देखियो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विदेशीने र भित्रिनेको संख्या ह्वात्तै बढेपछि यस्तो देखियो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (भिडियो रिपोर्ट)

Artha Sarokar

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशीने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रिए संगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज २३ गते राती १२ बजे देखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो । पछिल्ला दुई दिनमा यात्रुहरुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाईट बनाएर तेश्रो मुलुक उडान गर्न नपाउने बैशाख १३ गतेको मन्त्रीपरिषद् निर्णय पछि यात्रुहरुको आवागमनमा कमि आएपनि १९ गतेको निर्णय संगै आवागमनको दर वृद्धि भएको हो । 
सरकारले अन्तराष्टिय उडान र अवतरणमा रोक लगाएपनि नेपालस्थिति विदेशी दुतावासहरुले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको, कोभिड भ्याक्सिन लगाएर टे«किङ गर्न आएका पर्यटकहरुले पनि कम्तिमा १० होटल क्वारेन्टीन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरुको चाप बढेको बताईएको छ । उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अन्तराष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णय संगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरुले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरु आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “हामीले हरेक दिन विमानस्थलबाट कति व्यक्तिहरु विदेश प्रस्थान गरे र कति स्वदेश आगमन भयो भनेर तथ्यांक राख्ने गर्छौ । त्यो हिसाबले हरेक दिनको आगमन र प्रस्थानको अभिलेख हामीसंग छ । तर विद्यार्थी, कामदार र अरु व्यवसायीक मान्छेहरु कति भन्ने खालको डाटा हामीले राख्ने गरेका छैनौ । बैशाख १३ गतेको मन्त्रीपरिषद् निर्णयपछि, नेपाललाई ट्रान्जिट प्वाईट बनाएर अर्को देश जाने प्रयोजनका लागि नेपालमा हवाईयात्रा गर्न नपाईने भन्ने नेपाल सरकारको निर्णयपछि त्यस्तो व्यक्तिहरु नेपालमा यात्रा गर्न कम गर्नुभयो । त्यसपछि समग्रहमा यात्रुहरुको आवागमन घटेको देखिन्छ । केही दिन सम्म यात्रुको आवागमन घटेको थियो । पछिल्लोपटक १९ गतेको मन्त्रीपरिषद् निर्णय बाट २३ गते राती, आज राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय भईसकेपछि, यो बीचमा अत्यावश्यक कामले आफ्नो देश फर्कनुपर्ने विदेशी नागरिकहरु र विदेशमा रहेका नेपाल फर्कन चाहने नेपाली नागरिकहरु केही समय बन्द हुन्छ भनेपछि आफ्नो तालिका परिवर्तन गरेर आउने जाने क्रम बढेको कारणले पछिल्लो एक दुई दिन चाहीँ यात्रुहरुको आवागमन बढेको देखिन्छ । यात्रुहरुको चाप बढेपछि विभिन्न एयरलाईन्सहरुले केही अतिरिक्त उडान गरेको सुन्नमा आएको छ । यात्रुहरुको चाप बढेपछि पनि अतिरिक्त उडान संभव भएको हो ।
मैले पाएको जानकारी अनुसार आज राती १२ बजे भन्दा अगावै विदेशबाट प्रस्थान गरिसकेका र ट्रान्जिट भएर आउनुपर्ने जहाजहरु भोली बिहानसम्म २ वटा सम्म आउन दिने गरि कुरा भएको मैले बुझेको छु । त्यसले गर्दा भोली बिहानसम्म यहाँहरुले प्लेन आएको देख्न सक्नुहुन्छ । १३ गतेको मन्त्रीपरिषद्को निर्णयपछि दैनिक २०÷२५ प्रतिशतले यात्रुहरुको आवागमनमा कमि आएको थियो । पछिल्लो पटक त्यसलाई कभर गर्ने गरि ३० ÷४० प्रतिशतले बढेको छ । ”
हवाईमार्गबाट बैशाख २२ गते मात्रै २ हजार २ सय ९० जना प्रस्थान भएका छन् भने ३ हजार ८ सय ८४ जना नेपाल भित्रिएका छन् । त्यसैगरी, २१ गते १ हजार ४ सय ४० नेपाल छोडेका छन् भने ३ हजार १ सय ८३ जना नेपाल आएका छन् । २० गते १ हजार २ सय ५ जना, १९ गते १ हजार ३ सय ६९ जना ,१८ गते १ हजार ६ सय ९० जना र १७ गते २ हजार ५ सय ९ जना हवाईमार्ग हुदै विदेश गएका छन् । अध्यागमनका अनुसार, २० गते २ हजार ३ सय २३ जना, १९ गते २ हजार ५ सय १० जना,१८ गते २ हजार ३१ र १७ गते २ हजार ६ सय २७ जना नेपाल भित्रिएका छन् । यात्रुहरुको चाप बढेपछि मंगलबार मात्रै एयर अरेबियाले ३ वटा उडान थप गरेको थियो । त्यसैगरी अन्य एयरलाईन्सहरुले पनि उडान थप गरेका छन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी