×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्सको नाफा ७३.८६% ले बढ्यो, खुद बिमा शुल्क र बिमा कोषको आकारमा पनि बढोत्तरी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले नाफा ७३.८६% ले बढाएर ६ करोड ११ लाख ६ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क र बिमा कोषको आकार पनि बढेको छ । बिमा कोषको आकार ९३.०५% र खुद बिमा शुल्क ६१.६४% ले बढेरको छ । यस्तै प्रतिसेयर आम्दानी ८ रुपैयाँ १५ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: