
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर अल्का अस्पतालको प्रशासन विभागले अस्पतालमा अक्सिजन आपूर्तिमा कठिनाइ उपन्न भएको जनाएको हो।
‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ,‘अल्का अस्पतालका सिओओ दीपेन्द्र पोखरेलले भने ‘अस्पतालमा विरामीहरुको चाप बढ्दै गइरहेको छ अक्सिजन आपूर्तिमा समस्या थपिदैँ गइरहेको छ, विरामीहरुको उपचार कसरी गर्ने।’
उनका अनुसार अल्का अस्पताललाई अहिले दैनिक १ सय ५० वटा सिलिण्डर आवश्यक पर्छ । ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको छ। अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज संचारकर्मीलगायत सबैमा बिनम्र अनुरोध गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्