
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । यतिबेला देश कोरोना माहामारीको चपेटाबाट गुज्रिरहेको छ । यहि बेलामा बढ्दो संक्रमितको संख्यासँगै अस्पतालहरुमा बेड तथा अक्सिजनको चरम अभाव भएको छ । यहीबीच अक्सिजनको कालोबजारी गरेको भन्ने सूचनाको आधारमा धनगढीको अमित मेडिसिन डिस्ट्रिब्युटर्सको गोदाममा छापा हानिएको छ । छामा हान्ने दौरानमा गोदाममा भरिएका ५० र खाली ११ गरी ६१ सिलिन्डर भेटिएको छ । धनगढीको अमित मेडिसिन डिस्टीब्युटर्सले सिलिन्डर लुकाएको सूचना पाएपछि प्रशासनको टोलीले बुधबार गोदाममा छापा मारेको हो ।
अमित मेडिसिन डिस्ट्रिब्युटर्स नजिकै रहेको निजी अस्पतालमा उपचाररत एक बिरामीका आफन्तले दिएको सूचनाका आधारमा गोदाममा छापा हानेका जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनले भने, ‘यस्तो माहामारीको बेलामा लुट लुट गर्नेलाई छुट हुँदैन ।’
बुधबारसम्म ६ सय ५० सिलिन्डर लुकाएको गुनासो आएको थियो । बिहान छापा हान्दा ६१ मात्रै फेला परेको बताउँदै बाणिज्य कार्यालय कैलालीका प्रमुख कमल पुनले कागजात हेर्दा बिक्री गरेको, चलान गरेको कुनै पनि रेकर्ड नभेटिएको बताए । उनले भने, ‘अमित मेडिसिनका सञ्चालक दुश्यन्त बस्नेतले कुनै पनि कागजात पेस गरेका छैनन् ।’ अनुगमन टोलीले साउनयता सिलिन्डर किनेको, बिक्रि गरेको विल, चलानसहितका कागजात ३ दिनभीत्र पेश गर्न बन्नेतलाई निर्देशन दिएको छ ।
बस्नेतले डल्केबर ग्यास उद्योगबाट केही दिनयता २ सय ५० सिलिन्डर किनेको स्वीकार गरेका छन । उनले २५ हजारका दरले किनिएका अक्सिजन भरिएका सिलिन्डर बजारमा ४० हजारमा बिक्री गरिरहेको खुलेको छ । डडेलधुराको अमरगढी नगरपालिकालाई उनले ४० हजारमा सिलिन्डर जति पनि किन्न सकिने बताएको स्रोतले जनाएको छ । बस्नेतले आफुले सरकारी अस्पताललाई सिलिन्डर सप्लाई गर्ने गरेकाले यती मात्रामा गोदाममा राखेको जनाएका छन् । उनले भने, ‘म अक्सिजनका सिलिन्डर पनि विक्रि गर्छु, त्यसैका लागि मगाएको हुँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्