
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अपि पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०८.१६% ले बढाएर १२ करोड ६२ लाख ६७ हजार रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ६ लाख ५८ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीका अनुसार विद्युत् बिक्रीबाट हुने आम्दानी १८.८८% ले बढेको छ भने अन्य स्रोतबाट हुने आम्दानी बढेर ६ करोड २९ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
यस्तै चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९३ पैसाले बढेर वार्षिक ८ रुपैयाँ ७२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ५२ पैसा छ । साथै जगेडा कोषमा २८ करोड १ लाख ३६ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्