
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अपि पावर कम्पनीले स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वब्यापी महामारी कोभिड १९ तीव्र रुपमा फैलिरहेको अहिलेको महामारीको अवस्थामा केही सहयोग पुर्याउने उद्देश्यले कम्पनीले स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले सम्बन्धित निकायहरूलाई स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेका हुन् । कम्पनीले दार्चुला जिल्लाको मार्मा गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर, गोकुलेश्वर प्रहरी कार्यलयमा १० थान अक्सिजन सिलिण्डर र जिल्ला प्रहरी कार्यालय दार्चुलालाई १५ थान अक्सिजन सिलिण्डर गरी कूल ३५ थान अक्सिजन सिलिण्डर वितरण गरेको हो ।
यसका साथै, कम्पनीले मार्मा गाऊँपालिका वडा नं २ लाई स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएको छ । अपि पावर कम्पनी लिमिटेडले दार्चुला जिल्लामा ४० मेगावटको माथिल्लो चमेलिया आयोजना निर्माण गरिहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्