×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावर कम्पनीले थप्यो हकप्रद सेयरमा आवेदन दिने म्याद, अब कहिलेसम्म दिन पाईन्छ ?

PRIME CA
GLOBAL IME BANK

अरुण भ्याली हाइड्रोपावर कम्पनीले थप्यो हकप्रद सेयरमा आवेदन दिने म्याद, अब कहिलेसम्म दिन पाईन्छ ?

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद एक साता थप गरेको हो । कम्पनीले गत वैशाख ६ गतेदेखि ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो । यस अगाडि उक्त हकप्रद सेयरमा आगामी वैशाख २६ गते सम्म आवेदन दिन पाउने भनिएको थियो ।
अब भने हकप्रद सेयरमा आवेदकहरुले आउँदो जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् । वैशाख २३ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले हालको परिस्थितिलाई मध्यनजर गर्दै हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको जानकारी दिएको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको अरुण भ्याली हाइड्रोपावरको कम्पनी, हात्तीसारस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंकका शाखाहरु इटहरी, इलाम, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
यसैगरी मेरो सेयर अनलाइन प्रयोग गरी सि-आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिने मुक्तिनाथ क्यापिटलले जनाएको छ । हकप्रदका लागि अरुण भ्यालीले गत चैत ९ गते बुक क्लोज गरेको थियो । यसको अर्थ गत चैत ८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र अरुण भ्यालीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । अरुण भ्याली हाइड्रोपावरको हकप्रदलाई नेपाल धितोपत्र बोर्ड गत फागुन २५ गते निष्कासन अनुमति दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: