×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेस्रो त्रैमासमा अरुण भ्याली हाइड्रोपावरको नाफा बढ्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तेस्रो त्रैमासमा अरुण भ्याली हाइड्रोपावरको नाफा बढ्यो !

Artha Sarokar

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा २१.६७% धेरै हो । गत वर्ष यसले ५ करोड ८६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । 
यस्तै कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी ४ करोड ९२ लाख रुपैयाँले बढेको छ भने कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी भने २२.२९% ले घटेर ४ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । 
गत वर्ष यसले विद्युत बिक्रीबाट ५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । अरुण भ्यालीको जगेडा कोषमा ९ करोड ७७ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी