×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महामारीका बेला धौलागिरी अस्पताललाई प्रभु बैंकका सीइओको साथ : ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन प्रदान

  • अर्थ सरोकार सम्बाददाता
बागलुङ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले मंगलबार आफ्नो व्यक्तिगत तर्फबाट धौलागिरीमा अस्पताललाई ‘रेम्डेसिभिर’ इन्जेक्सन प्रदान गरेका छन् । देशभर तिव्र माग भइरहेको उक्त इन्जेक्सन जिल्ला खेलकुद विकास समिति बागलुङको पहलमा शेरचनले धौलागिरी अस्पताललाई ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन प्रदान गरेका हुन् । बागलुङ उनको जन्मभूमि पनि हो ।
कोभिड विशेष अस्पतालमा भर्ना भएका संक्रमितलाई उपचारका लागि दिइँदै आएको ‘रेम्डेसिभिर’ बजारमा पाउन मुस्किल भएको सूचना पछि तत्कालका लागि ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन शेरचनले सो अस्पतालमा पठाएका हुन् ।
‘रेम्डेसिभिर’ बुझ्दै धौलागिरी अस्पतालका डा.अभिशेक शर्माले अहिलेको समयमा यो इन्जेक्सन उपलब्ध गराउनु सह्रानीय कार्य भएको बताए । शेरचनले यसअघिको पहिलो लहरको कोरोना संकटमा पनि धौलागिरी अस्पतालमा पिपिई सहित पत्रकार, विपन्न नागरिक, सामाजिक संघ संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: