Skip to content
LAXMI SUNRISE BANK

कञ्चनपुरमा २३ गतेदेखि बैंकिङ सेवा बन्द !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कञ्चनपुरमा २३ गतेदेखि बैंक बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको समयलाई थप गर्ने निर्णय गरेसँगै जिल्लाका बैंक बन्द हुने भएका हुन् ।   
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय अनुसार वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो । यस अवधिमा बैंकका सबै शाखाहरू बन्द गर्ने र तरकारी एव‌ं फलफूल सातामा ३ दिनमात्र बेच्न पाइने नियम बनाइएको छ । 
धेरै व्यक्ति बैंक जान लागेको भन्ने बाहाना बनाएर बाहिर निस्किएका कारण बैंकलाई बन्द गर्ने निर्णय गरिएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका संयोजक समेत रहेका महतोले बताए । उनका अनुसार स्वास्थ्य सेवा, दुग्ध, पेट्रोलियमसम्बन्धी व्यापार व्यवसायबाहेकका अन्य व्यवसाय सञ्चालन गर्नमा रोक लगाइएको हो ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK