×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनमा बैंकरहरुलाई थप कडाई, यस्तो छ सबैले जान्नुपर्ने नयाँ नियम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अबदेखि बैंकका कर्मचारीलाई थप कडाइ गरिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुलाई उपत्यकामा आइतबारदेखि केन्द्रिय कार्यालयबाहेक ६ वटा शाखा कार्यालयबाट मात्रै सेवा सुचारु गर्न निर्देशन दिएसँगै थप कडाइ गरिने भएको हो । 
जससँगै अब विभिन्न बहानामा बैंकका कर्मचारी बाहिर हिडडुल गर्न पाउने छैनन् । सेवा दिन तोकिएका शाखाका कर्मचारी मात्रै हिडडुल गर्न पाउने छन् । बैंकक कर्मचारी बैंकिङ सेवा दिने र लिने बाहनामा कोरोना संक्रमण थप बढेको भन्दै राष्ट्र बैंकले अनावश्यकरुपमा बाहिर हिँड्ने बैंकका कर्मचारी र सेवाग्राहीलाई कारवाही गर्न प्रहरीलाई सहजिकरण गरेको हो ।
निषेधाज्ञा अवधिभर तोकिएको शाखाका कर्मचारीबाहेकलाई बाहिर हिँड्ने बैंक तथा वित्त कम्पनीका कर्मचारीलाई प्रहरीले कारवाही गर्ने भएको छ । यता बैंक तथा वित्त संस्थाले हप्ता भरी खुल्ने कार्यालयल र कर्मचारीको नामावाली शुक्रबारै आफ्नो वेवसाइटमा सार्वजनिक गर्नुपर्नेछ । सो विवरण शुक्रबार नै राष्ट्र बैंक र जिल्ला प्रसाशन कार्यालयमा पनि पठाउनु पर्नेछ । यसो त उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने भएको छ  ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: