×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

महामारीमा सुदूरपश्चिमका एटिएममा छड्के…कुन बैंकको एटिएम सुरक्षित ? कुन बैंकको एटिएम सुरक्षा झुर ? (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोराना कहरकाबीचमा अति आवश्यक मनिने बैंकिङ सेवामा पनि केहि बैंकहरुले लापरवाही गरेको पाइएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै गरिएको निषेधाज्ञामा बैंकिङ सेवालाई वर्गिकरण गरि निश्चित समयका लागि सञ्चालन गर्ने र निरन्तर रुपमा संचालन गरिने एटिएम सेवा संचालन गर्ने गरि निर्देशन समेत जारी गरेको अवस्थामा केही बैंकले भने लापरवाही गरेको पाइएको हो ।
अर्थ सरोकारले गरेको धनगढीमा रहेका बैंकहरुको एटिएम निरिक्षणका क्रममा प्राय बैंकहरुले एटिएममा सुरक्षा व्यवस्था पुर्ण रुपमा मिलाएको पाइएको छ । त्यस्तै केही बैंकले भने सेवा संचालन गरेको भएतापनि सतर्कता भने अपनाएका छैनन् । कोरोनाकालमा प्रशासनले जारी गरेको निर्देशन र बैंकर्स संघ सुदूरपश्चिम प्रदेश समितीले जारी गरेको नयाँ कार्यतालिका अनुसार बैंकको सेवा निश्चित गरिनुका साथै एटिएम बुथको हकमा ढोका अनिवार्य खुल्ला राख्नुपर्ने र सेनिटाईजरको व्यवस्था गर्नुपर्ने भनि निर्णय गरेको बैंकर्स संघ सुदूरपश्चिम प्रदेश समिती अध्यक्ष विरुराम जैशीले बताएका छन् ।
धनगढीमा रहेका बैंकहरुको एटिएम बुथमा अर्थ सरोकारले गरेको निगरानीका क्रममा नेपाल एसबिआई बैंकले लापरवाही गरेको पाइएको छ । बैंकर्स संघको निर्णय उल्लंघन गर्नुका साथै उक्त बैंकले एटिएम बुथमा सेनिटाईजर समेत नराखेको पाइएको हो । यस्तो किन ? भनि गरिएको प्रश्नमा बैंकका गार्डले भने, ‘बैंकबाट जे निर्देशन आयो हामीले त्यहि गरेका छौँ ।’ त्यस्तै बैंक अफ काठमान्डौले पनि नियमको उल्लंघन गरेको पाइएको छ । बाँकी फोटोमा हेर्नुहोस्ः












Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: