×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकहरुलाई प्रशासनको उर्दी- ‘२५ प्रतिशत भन्दा बढी शाखा नखोल्नू, नत्र कानुनबमोजिम हुन्छ…’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले २५ प्रतिशत भन्दा बढी शाखा खोल्न नपाउने भएका छन् । आज मंगलबार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवधि थप गर्दै बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत भन्दा शाखा खोल्न नपाउने प्रावधान ल्याएको छ ।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैंकका केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै जनशक्ति राखेर सेवा दिनुपर्ने प्रावधान ल्याएको छ । यस्तै काठमाडौं जिल्ला प्रशासनले शाखा कार्यालय संचालनका बारेमा नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई विवरण दिनुपर्ने जनाएको छ ।
यस्तै कर्मचारीको सवारीसाधनका लागि सीमित पास जारी गरेर राष्ट्र बैंक र प्रशासन कार्यालयमा अनलाइनमार्फत विवरण दिनुपर्नेछ । यता बीमा कम्पनीमासमेत एक चौथाई मात्रै कर्मचारी राखेर सेवा दिनुपर्ने प्रावधान ल्याइएको छ । उपत्यकामा भिड बढेपछि प्रशासनले यी क्षेत्रमा कडाइ गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: