×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन हजार बढी बैंकरमा कोरोना संक्रमण ! वाणिज्य बैंकका मात्रै ४० जनाको निधन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

तीन हजार बढी बैंकरमा कोरोना संक्रमण ! वाणिज्य बैंकका मात्रै ४० जनाको निधन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अहिले वाणिज्य बैंकहरुमा सक्रिय संक्रमित कर्मचारीको संख्या बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार अहिलेसम्म सक्रिय संक्रमित कर्मचारीको संख्या झन्डै ३ हजारभन्दा बढी रहेको हो ।  जुन केही दिनअघिसम्म सक्रिय संक्रमितको संख्या दुई हजार चार सय एक रहेको थियो । 
यस्तै बैंक तथा वित्तीय संस्थाका कर्मचारी र तिनका परिवारसहित १८ हजार ३ सय ६५ संक्रमित भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भइसकेको छ । एसोसिएसनका अनुसार वाणिज्य बैंकमा १० हजार ८ सय, विकास बैंकहरूमा १ हजार ५ सय ४८, वित्त कम्पनीहरूमा ५ सय २२ र लघुवित्तका २ हजार ३ सय सात कर्मचारी तथा तिनका परिवार संक्रमित भएका हुन् ।
यता वाणिज्य बैंकका ४० जना, विकास बैंकका ११ जना, वित्त कम्पनीका सात जना र लघुवित्त संस्थाका १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यस्तै विकास बैंकहरूमा भने सक्रिय संक्रमित कर्मचारीको संख्या ४ सय ३९ छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा कोरोनाको उच्च जोखिम रहेको छ । बैंकहरुले भिड बढेको भन्दै राष्ट्र बैंकसंग अनुरोध गरी अहिले ५० हजार भन्दा कम रकम जम्मा गर्न नपाइने व्यवस्था पनि ल्याइएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: