×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बरुण हाइड्रोपावरको प्रति सेयर आम्दानी पनि ‘फर्जी’ ! अघिल्लो बर्षको रिजर्भ रकम तानेर लगानीकर्ता झुक्याउने दुष्प्रयास !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बरुण हाइड्रोपावरले फर्जी प्रति सेयर आम्दानी प्रकाशित गरेर लगानीकर्ताहरुको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ । कम्पनीले अघिल्लो बर्षको रिजर्भ रकमसमेत तानेर इपीएसको हिसाब गर्दै इपीएस धेरै देखिने गरी बदमासी गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफालगायतको प्रमुख सूचक घटेपछी लगानीकर्तालाई ‘वेवकुफ’ बनाउने गरी कम्पनीले यस्तो बदमासी गरेको हो ।
कम्पनीको यसअवधिमा खुद नाफा ५४.९४% ले घटेर ५२ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ करोड १७ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ र रिजर्भ कोषमा ८० लाख ६६ हजार रहेको विवरणमा उल्लेख गरिएको छ । तर कम्पनीले यहाँनेर बदमासी गरेको छ । कम्पनीले अघिल्लो बर्षको रिजर्भ रकमसमेत तानेर प्रति सेयर आम्दानी (बार्षिक) ४ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ०१ पैसा रहेको देखाएको छ । जवकी सहि अर्थमा हिसाब गर्दा यो कम्पनीको बार्षिक प्रति सेयर आम्दानी २.६३ मात्र हुन्छ ।
कम्पनीले कमाएको ९ महिनाको नाफालाई ३ ले भाग गरी ४ ले गुणान गर्दा आउने रकमलाई कम्पनीको कुल सेयर कित्ताले भाग गर्दा आउने परिणाम नै कम्पनीको बार्षिक प्रति सेयर आम्दानी हो । तर कम्पनीले अघिल्लो बर्षको रिजर्भमा बचेको पैसालाई समेत यस बर्षको नाफामा जोडेर गलत हिसाब गरी बढी बार्षिक प्रति सेयर आम्दानी निकालेर लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: