×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार डटकमको ‘बजार बुलेटिन’ : अव साताभारिका सेयर बजारका टप १० समाचार ३ मिनेटको भिडियोमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकार डटकमको ‘बजार बुलेटिन’ : अव साताभारिका सेयर बजारका टप १० समाचार ३ मिनेटको भिडियोमा

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थ सरोकार डटकमले सेयर बजारसँग सम्बन्धित नेपालको पहिलो समाचार बुलेटिन ‘बजार बुलेटिन’ दर्शकमाझ ल्याएको छ । साताभारिका सेयर बजारमा के के भए भन्ने विषयलाई छोटो तर सटिक रुपमा प्रस्तुत गर्नेगरी बजार बुलेटिनको सुरुवात गरिएको हो । अर्थ सरोकार डटकममार्फत हरेक बिहीबार बेलुकी यो बुलेटिन सार्वजनिक हुने अर्थ सरोकारका कार्यक्रम निर्मातृ रेखा चन्दले जानकारी दिएकी छिन् ।
साताभरि कुन सेयरको मूल्यमा चलखेल भयो ? कुन सेयरमा लगानीकर्ताहरु फसे? कुन सेयरमा लगानीकर्ताहरुले कमाए र कुनामा गुमाए ? बजारमा के के भए ? धितोपत्र बोर्ड र नेप्सेमा के भयो ? लगायतका विषय समेटिएर उक्त बुलेटिन तयार हुने चन्दको भनाइ छ । ‘हामी सेयर बजारसँग सम्बन्धित समाचारलाई सटिक, छोटो र प्रभावकारी रुपमा प्रस्तुत गर्ने तयारीमा थियौं । त्यसैको नतिजास्वरूप बजार बुलेटिन तयार भएको छ ।’ चन्द भन्छिन्- ‘सहकर्मी सुदर्शन श्रेष्ठले प्रस्तुत गर्ने सो भिडियो बुलेटिनमा सेयर बजारका १० खास खबरहरु समेटिनेछन्  । लगानीकर्ता दर्शक स्रोताको मागअनुसार कार्यक्रमलाई थप परिस्कृत बनाउने कुरा त छँदैछ ।’
अर्थ सरोकार डटकमले पछिल्लो समय सेयर बजारका विषयलाई निकै प्राथमिकताका साथ प्रकाशन / प्रशारण गर्दै आएको छ । अर्थ सरोकार डटकमले तयार गर्ने, अर्थ सरोकार टेलिभिजन कार्यक्रम, सेयर शिक्षा, मार्केट टक, सेयरका कुरा, काकासँग सेयरका कुरा, लगायतका कार्यक्रम यसअघि नै पनि सेयर बजारका लगानीकर्ताहरु माझ निकै चर्चित छ ।
हेर्नुहोस् बजार बुलेटिनको पहिलो अंक :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: