×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने सरकारको घोषणा, ७ अर्ब ५० करोड रुपैंयाँ विनियोजन

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् ।
स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: